Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सत्ता र विपक्षीसँग संसदको अवरोध हटाउन सभामुखले गरे छलफल

सत्ता र विपक्षीसँग संसदको अवरोध हटाउन सभामुखले गरे छलफल


  • 1.5K
    Shares

    • images
    सत्ता र विपक्षीसँग संसदको अवरोध हटाउन सभामुखले गरे छलफल

    काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको गतिरोध खुलाउने विषयमा प्रमुख दलका सचेतक र मुख्य सचेतकसँग आज पनि छलफल गरिरहेका छन् ।

    अहिले सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सचेतक / मुख्य सचेतकसँग छलफल गरिरहेका हुन् । गृहमन्त्री रमेश लेखकको नाम भिजिट भिसा प्रकरणमा जोडिएको भन्दै उनको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरिरहेका छन् ।

    जेठ १५ गते बजेट ल्याउने दिन संसदको अवरोध खुलाए पनि त्यसयता लगातार संसद अवरोध भइरहेको छ । संसद अवरोध हुँदा बजेटमाथिको छलफल लगायत अत्यावश्यक विधेयकहरू अगाडि बढाउन समस्या भइरहेको छ ।

    सभामुख देवराज घिमिरेले निरन्तर छलफल गरिरहे पनि सहमति जुट्न सकेको छैन । आज दिउँसो १ बजेका लागि बैठक आह्वान भएको छ । त्यसअघि सहमति जुटाउने प्रयास स्वरूप सभामुख छलफल डाँकेका हुन् ।

    प्रकाशित मिति :जेठ २५ २०८२ आइतवार - ११:०५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij