२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । भरुवा बन्दुकको छर्राले लागेर दैलेखमा एकजनाको ज्यान गएको छ । महाबु गाउँपालिका - ४ प्रिखोलाका ३४ वर्षीय पूर्णबहादुर थापा सलामी मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवं सूचना अधिकारी लालबहादुर सुनारका अनुसार ती व्यक्ति सिकार खेल्ने गएको अवस्थामा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो ।
स्थानीय बतासे भन्ने ठाउँमा सिकार खेलेर घर फर्किके क्रममा काप्रिखोलाका ३० वर्षीय सूर्यबहादुर थापा बलामी लड्दा उनले बोकेको भरुवा बन्दुक पड्किँदा साथमै रहेका मगरको छातिमा छर्राले लागेर घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीले सिकार खेल्न गएका बलामी र ओम बहादुर थापा बलामी मगरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ । उनीहरूमाथि थप अनुसन्धानको थालिएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij