Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाली एसोसिएसन यूके-हिमालयन यतिद्वारा आयोजित नलिना चित्रकार म्यान्चेस्टर साँझ सम्पन्न

नेपाली एसोसिएसन यूके-हिमालयन यतिद्वारा आयोजित नलिना चित्रकार म्यान्चेस्टर साँझ सम्पन्न


  • 1.3K
    Shares

    • images
    नेपाली एसोसिएसन यूके-हिमालयन यतिद्वारा आयोजित नलिना चित्रकार म्यान्चेस्टर साँझ सम्पन्न

    काठमाडौं । म्यानचेस्टर- नेपाली एसोसिएसन यूके- हिमालयन यति म्यानचेस्टरले आयोजना गरेको नलिना चित्रकार सांगीतिक साँझ सफलतापुर्वक सम्पन्न गरेको छ । मे  १ आइतबारका दिन म्यानचेस्टरको अल्त्रिनगाममा आयोजित कार्यकममा उल्लेख्य नेपाली दर्शकश्रोताहरुको उपस्थिति रहेको थियो । 

    नेपाली संगीत क्षेत्रकि एक मुर्धन्य गायिका नलिना चित्रकारको मुख्य प्रस्तुति रहेको उक्त साँझमा रात्रि भोजको आयोजना गरिएको थियो । नेपाली एसोसिएसन यूके- हिमालयन यतिका अध्यक्ष पुष्प श्रेष्ठ स्वयमले संचालन गरेको उक्त  कार्यक्रम गैर-नाफामुलक समेत रहेको जानकारी दिए  । कार्यक्रममा सबै उमेर समूहका नेपाली दर्शकश्रोताको उपस्थिति रहेको थियो । 

    कार्यक्रमको मुख्य आकर्षक प्रस्तुति नेपाली पप गायिका नलिना चित्रकारले दिइन्। सन् १९९९ र २००५ मा नेपालकै उत्कृष्ट पप गायिका घोषित भएकी नलिनाले मिस नेपाल र नेपाल आइडल जस्ता ठूला कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिएकी थिईन। हाल अमेरिकाको सान फ्रान्सिस्कोमा बसोबास गर्दै आएकी नलिना हाल युरोप भ्रमणमा छिन् र सामाजिक तथा सङ्गीत कार्यक्रमहरूमार्फत नेपाली समुदायसँग भेटघाट गर्दैछिन्।

    उक्त कार्यक्रमलाई संयोजन गर्न मुख्य भूमिका खेल्ने पुनम केसी लगायत सहभागीहरू सबैलाई  सबैलाई अध्यक्ष श्री पुष्प श्रेष्ठले संस्थाको तर्फबाट  धन्यवाद ज्ञापन गर्दै  कार्यक्रम समापन भएको थियो ।

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - १२:१४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij