Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मौसम विभागको चेतावनी अनुसार, माओवादीको मध्यपहाडी लोकमार्ग अभियान अनिश्चितकालका लागि स्थगित

मौसम विभागको चेतावनी अनुसार, माओवादीको मध्यपहाडी लोकमार्ग अभियान अनिश्चितकालका लागि स्थगित

  • 1.7K
    Shares

    • images
    मौसम विभागको चेतावनी अनुसार,  माओवादीको मध्यपहाडी लोकमार्ग अभियान अनिश्चितकालका लागि स्थगित

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रको पूर्वनिर्धारित मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान स्थगित भएको छ । 

    गत जेठ १६ गते बसेको माओवादीको पदाधिकारी बैठकले जेठ २१ देखि २५ गतेसम्म दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने निर्णय गरे पनि मौसम विभागले पहाडी क्षेत्रमा अत्याधिक पानी पर्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेका कारण अभियान स्थगित भएको केन्द्रीय कार्यालय मुख्य सचिव गणेशमान पुनले जानकारी दिएका छन् । 

    मौसम विभागका अनुसार धेरै ठाउँमा सडकहरू भत्किएका छन् र यी सबैलाई ध्यानमा राखेर आजदेखि २५ गतेसम्म हुने भनिएको अभियान हालका लागि स्थगित गरिएको पुनले जानकारी दिएका छन् । 

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - १०:१५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij