Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

गृहमन्त्रीकै अगाडी शीर्ष तीन नेताको बैठकः गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माओवादीको अडान, जुटेन सहमति

गृहमन्त्रीकै अगाडी शीर्ष तीन नेताको बैठकः गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माओवादीको अडान, जुटेन सहमति


  • 3.6K
    Shares

    गृहमन्त्रीकै अगाडी  शीर्ष तीन नेताको बैठकः गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माओवादीको अडान, जुटेन सहमति

    काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागलाई यथावत राखेको छ ।

    प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सोमबार भएको बैठकमा संसदको गतिरोध कसरी हल गर्ने र अघि बढ्ने भन्ने विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पत्रकारलाई जानकारी गराए । उनका अनुसार संसद बैठकलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भए पनि निर्णय हुन नसकेको बताए ।

    उनले भने, ‘यो बैठकपछि हामीले अरु प्रतिपक्ष दलसँग पनि छलफल गर्दैछौं । अहिले छलफलमात्रै भयो । संसद खोल्नुपर्छ भन्ने सत्तापक्ष र प्रधानमन्त्रीले राख्नुभयो । गृहमन्त्रीलगायतले पनि राख्नुभयो । राजीनामा होइन, संसद खोलेर अघि बढ्नुपर्छ भन्नुभयो ।’

    प्रमुख सचेतक पाण्डेले आफूहरुले संसदमा उठाउँदै आएको भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकको राजीनामाको मागलाई यथावत राखेको र राजीनामा नदिएसम्म बैठक चल्न नदिने अडान कायमै राखेको बताए ।

    उनले भने, ‘सुशासनलाई केन्द्रित गरेर हामीले आफ्नो विषयवस्तु राखेका छौं । हामीले जो विषयवस्तु राखेका छौं, त्यो यथावत नै छ । सदनमा राखेको विषय त्यही हो । भिजिट भिसा, त्यहाँ जसरी गडबड भएको छ, गृहमन्त्रीले हल गर्न, अनुसन्धान गर्न मार्गप्रशस्त गरिदिनुपर्छ भन्ने हो । मार्गप्रशस्त भनेको राजीनामा नै हो ।’

    बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकले आफ्नो कुनै पनि संलग्नता नरहेको बताएको उनले सुनाए ।

    images
    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - १७:३७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij