२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । यातायात व्यवसायी र सरकारबिच दोस्रो चरणको वार्ता सुरू भएको छ।
आज सोमबार बिहान यातायात व्यवसायीहरू गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकानारायण अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिहरूसँग वार्तामा बसेका थिए ।
अहिले समिति र यातायात व्यवसायीहरूबिच सहमतिको लागि दोस्रो चरणको वार्ता सुरु भएको छ ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धी नियमावली ल्याएपछि त्यसको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलित रहेका छन् ।
गण्डकी प्रदेशमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प छ । आज राइड सेयरिङ राखिएको व्यवस्था विरुद देशभर यातायात बन्द गरेका छन्।
यातायात व्यवसायीहरूसँग सहमति गर्ने गरी वार्ता तयारी गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर कृष्णराज पन्थले बताएका छन्।
उनले व्यवसायीका पनि धेरै ठुला माग नभएकाले राइड सेरिङलाई व्यवस्थित गर्न सङ्घीय यातायात ऐन ल्याउने गरी सहमति गरिने बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij