२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा ४ दिनअघि उपकुलपति प्रा.खड्क केसी र शिक्षाध्यक्ष प्रा.दुविनन्द ढकालको कार्यकक्षमा तोडफोड र तालाबन्दी गर्ने नेविसंघका विद्यार्थीमाथि कारवाही प्रक्रिया थालिएको छ ।
त्रिवि रजिष्ट्रारको कार्यालयले एक विज्ञप्ति जारी गर्दै १४ गतेको उक्त घटनामा संलग्नहरूलाई कानूनबमोजिम कारवाही तथा भौतिक सम्पत्ति हानी नोक्सानीको क्षतिपूर्ति भराउन कानूनी प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
त्रिवि कीर्तिपुर परिसरमा पटकपटक विभिन्न व्यक्ति तथा समूहका नाममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीलाई विभिन्न बहानामा धम्की दिने र विश्वविद्यालयको सम्पत्ति तोडफोडले अन्तर्राष्ट्रियस्तरमै विश्वविद्यालयको साख गिराएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij