Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

परराष्ट्रमन्त्री आरजु राणा हङकङबाट स्वदेश फिर्ता

परराष्ट्रमन्त्री आरजु राणा हङकङबाट स्वदेश फिर्ता


  • 1.2K
    Shares

    परराष्ट्रमन्त्री आरजु राणा हङकङबाट स्वदेश फिर्ता

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर स्वदेश फर्किएकी छिन् । 

    चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा सो समारोहमा सहभागी हुन मन्त्री डा. राणा गत बुधबार हङकङ प्रस्थान गरेकी थिइन् । नेपाल सो सङ्गठन स्थापना गर्ने सम्बन्धी महासन्धिको हस्ताक्षर कार्यक्रममा पर्यवेक्षकका रूपमा सहभागी भएको छ ।  

    उक्त महासन्धिमा ३२ मुलुकले हस्ताक्षर गरेका थिए भने हस्ताक्षर गर्ने सो समारोहमा ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तर्राष्ट्रिय सङ्घसङ्गठन सहभागी भएका थिए । 

    उक्त सङ्गठनले विभिन्न देशबीच, एक देश र अर्को देशको कम्पनी वा नागरिकबिच एवं विभिन्न मुलुकका निजी व्यवसायहरूबिचका विवादलाई मध्यस्थताद्वारा समाधान गर्ने उद्देश्य लिएको छ । 

    उनले भेटघाटमा नेपाल र चीनबिच आर्थिक, प्राविधिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने तथा चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाहरू समयमै सम्पन्न गर्ने विषयमा कुराकानी भएको बताइन्।

    मन्त्री डा. राणाले नेतृत्व गरेको यस नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्व एसिया महाशाखाका प्रमुख भृगु ढुङ्गाना र हङ्गकङ्गस्थित नेपालका महावाणिज्यदूत डा विन्देश्वरप्रसाद लेखक लगायत परराष्ट्र मन्त्रालय र महावाणिज्यदूतावास हङकङका प्रतिनिधिहरू सहभागी थिए । 

    images
    प्रकाशित मिति :जेठ १८ २०८२ आइतवार - १०:३२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij