Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आन्दोलनमा सहभागी शिक्षकहरुको बर्खे र दशैँ बिदा कटौती हुने

आन्दोलनमा सहभागी शिक्षकहरुको बर्खे र दशैँ बिदा कटौती हुने


  • 6.0K
    Shares

    • images
    आन्दोलनमा सहभागी शिक्षकहरुको बर्खे र दशैँ बिदा कटौती हुने

    रामेछाप । उमाकुण्ड गाउँपालिकाले शिक्षक कर्मचारी आन्दोलनका क्रममा भएको पढाइको हर्जाना बर्खे र दशैँ बिदाबाट काटौती गर्ने भएको छ ।

    उमाकुण्ड गाउँपालिका स्तरीय सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले यस शैक्षिक सत्रको क्यालेण्डरलाई सामान्य हेरफेर गर्ने निर्णय गरेको हो ।

    शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वासुदेव मश्राङ्गीको अध्यक्षता तथा उमाकुण्ड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा बसेको बैठकले गाउँपालिकाले शैक्षिक सत्र २०८२ का लागि तयार गरिएको वार्षिक शैक्षिक कार्य पात्रो अनुसार वैशाख ७ गतेबाट पठनपाठन गर्ने भनिएको भए तापनि शिक्षक आन्दोलनका कारणले उक्त कार्य तालिकामा अवरुद्ध भएको १० दिनलाई वार्षिक कार्य तालिकामा संशोधन गर्दै असार २० गते सम्म पठनपाठन गर्ने निर्णय गरेको छ ।

    त्यस्तै असार २२ देखि २९ गतेसम्म प्रथम त्रैमासिक परीक्षा सञ्चालन गरी असार ३२ गते नतिजा प्रकाशन गर्ने निर्णय बैठकले गरेको छ । साउन १ देखि साउन १७ गतेसम्म वर्षे बिदा गर्ने र असोज महिनाको कार्य तालिकामा घटस्थापनादेखि दशैँ बिदा राखिएकोमा शैक्षिक आपूरण गर्न असोज ९ गतेसम्म पठनपाठन गरी असोज १० बाट दशैँ बिदा गर्ने निर्णय भएको छ ।

    बैठकले शिक्षक कर्मचारीहरिको हाजिरी चुस्त दुरुस्त राख्ने, बिदामा बस्दा अनिवार्य प्रधानाध्यापकबाट बिदा स्वीकृत गरी बस्ने, बिदा सहुलियत भएको हुँदा अनिवार्य नगर्ने, नियम अनुसार पाउने बिदा भन्दा बढी बिदामा बसे नियम अनुसार नै गर्ने, विद्यार्थीको दैनिक हाजिरी कपीमा हाजिर अभिलेखमा उल्लेख भएको कुराहरू प्रष्ट रूपमा लेख्ने, विद्यालयका दर्ता, चलानी किताब र जिन्सी व्यवस्थापन चुस्त दुरुस्त राख्ने निर्णय गरेको छ ।

    विद्यालयहरूले गाउँपालिकाबाट प्राप्त योजनाको कार्यान्वयन अविलम्ब सम्पन्न गरी भुक्तानीको लागि जेठ २२ गतेभित्र आवश्यक कागजातहरू सहित फरफारक लागि शाखामा पेश गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ । विद्यालयमा नपुग पाठ्यपुस्तकको रकम जेठ १५ गते भित्र माग गर्नुपर्ने भएको छ ।

    विद्यालयलाई गाउँपालिकाले उपलब्ध गराइएको मसलन्द खर्च तथा स्काउट व्यवस्थापन खर्च अनिवार्य विद्यालय व्यवस्थापन समितिको निर्णय सहित बिल भरपाई शाखामा पेश गर्नुपर्ने भएको छ । उपचारात्मक कक्षाको कागजात समेत शिक्षा शाखामा पेश गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।

    विपन्न लक्षित छात्रवृत्ति प्राप्त गर्ने योग्य विद्यार्थीहरूको खाता मान्यता प्राप्त ‘क’ वर्गको बैंकमा खोल्नु पर्ने भएको छ । सोही खातामा रकम जम्मा गर्नु पर्ने निर्णय बैठकले गरेको छ । गाउँपालिकाको विद्यालय स्तरीय परीक्षालाई मर्यादित र व्यवस्थित बताउन सात सदस्सीय समिति बनाइएको छ ।

    त्यसले परीक्षालाई मर्यादित बनाउन आवश्यक काम गर्ने भएको छ । प्रत्येक विद्यालयले शिक्षक कर्मचारीसँग कार्यसम्पादन मूल्याङ्कन गरी सिकाई उपलब्धिको लक्ष्य तोक्नु पर्ने भएको छ । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई शैक्षिक सत्रको सुरुवातमै विशेष जिम्मेवारी प्रदान गरी जिम्मेवारी बमोजिम कार्यसम्पादन गरे नगरेको प्रधानाध्यापकले मूल्याङ्कन गरी सोको अभिलेख शिक्षा शाखामा जानकारी गराउनु पर्ने भएको छ ।

    प्रकाशित मिति :जेठ ८ २०८२ बिहिवार - १४:०८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij