Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सुत्केरी व्‍यथाले छट्पटिएकी एक महिलाले बाटोमै जन्माइन् बच्चा

सुत्केरी व्‍यथाले छट्पटिएकी एक महिलाले बाटोमै जन्माइन् बच्चा


  • 2.0K
    Shares

    • images
    सुत्केरी व्‍यथाले छट्पटिएकी एक महिलाले  बाटोमै जन्माइन्  बच्चा

    सुत्केरी व्‍यथाले छट्पटिएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ । कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुरमा सुत्केरी व्‍यथाले छट्पटिएकी महिलालाई प्रहरीले उद्धार गरेको हो ।

    प्रहरी जवान चन्द्रिका देउवाको सहयोगमा ती महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै बच्चा जन्माएकी हुन् । प्रहरी जवान देउवा खैराना प्रहरी चौकीमा कार्यरत छिन् । एक महिलाले अस्वभाविक व्यवहार देखाएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि देउवा घटनास्थल चैतन्यपुर पुगेकी थिइन् ।

    प्रहरी जवान देउवाले अनलाइनखबरसँग भनिन्, ‘स्थानीय नजिक गएर सोधखोज नगरेका ती महिला भने सुत्केरी व्‍यथाले छट्पटाएकी रहिछिन् । कोही नजिक जान पनि नमान्ने, छुन पनि नमान्ने रहेछन् ।’

    उनी घटनास्थल पुगेर ती महिलालाई उद्धार गरेर अस्पताल लैजाने तयारीमा थिइन् । तर व्‍यथाले च्यापेकी ती महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै शिशुलाई जन्म दिएकी छिन् । यो आज बिहान ९ बजेतिरको घटना रहेको उनले अनलाइनखबरसँग बताइन् ।

    त्यपछि ती महिलालाई अत्तरियास्थित पद्मा अस्पताल पठाइएको देउवाले अनलाइनखबरलाई बताइन् । उनका अनुसार ती महिला बेवारिसे अवस्थामा बस्ने रहिछन् । ‘घर कहाँ, के गर्ने केही पनि थाहा छैन । उहाँ पीडामा भएकाले केही पनि बोल्न सक्नु भएन । मानसिक रुपमा पनि उहाँ स्वस्थ नरहेको भन्ने बुझिएको छ,’ उनले भनिन् ।

    अन्दाजी ३०/३५ वर्षकी ती महिला विवाहित हुन् वा होइनन् पनि यकिन हुन सकेको छैन ।

    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - ०४:४८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij