Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गभर्नर नियुक्त गर्न ओलीलाई देउवाको ४८ घण्टे अल्टिमेटम, सरकारको दिनगन्ती सुरु !

गभर्नर नियुक्त गर्न ओलीलाई देउवाको ४८ घण्टे अल्टिमेटम, सरकारको दिनगन्ती सुरु !


  • 4.1K
    Shares

    • images
    गभर्नर नियुक्त गर्न ओलीलाई देउवाको ४८ घण्टे अल्टिमेटम, सरकारको दिनगन्ती सुरु !

    काठमाडौँ । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले आफ्नो भागबण्डामा परेको गभर्नर ४८ घण्टाभित्र नियुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई अल्टिमेटम दिएको छ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित गराउँदै ओलीलाई प्रतिबद्धता अनुसार गभर्नर नियुक्त गर्न अल्टिमेटम दिएका हुन्।

    अहिलेसम्म ओलीलाई सरकारमा हरतरहले सहयोग गर्दै आएका देउवाले गभर्नर नियुक्तिमा छलफल नभएको भन्दै असहयोगको नीति लिएका हुन्। सरकारमा रहेका दुई दलबीच गभर्नर कांग्रेसले इच्छाएको व्यक्तिलाई दिने बताइए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को बहाना गर्दै टार्दै आएका छन्।

    सुरुमा कांग्रेसले राष्ट्र बैंककै निर्देशक गुणाकर भट्टलाई अगाडि सारे पनि उनको राजीनामा स्वीकृत नगरेर विवाद सिर्जना भएको छ। त्यसपछि गभर्नर सिफारिस समितिमै रहेका विश्व पौडेललाई गभर्नर बनाउने तयारी गरे पनि ओलीले आलटार गरेपछि सभापति देउवा सरकारप्रति आक्रामक देखिएका हुन्।

    सोमबार साँझ देउवाले ‘मन्त्रिपरिषद बैठक किन बस्नुपर्‍यो’ भन्दै रोकिदिएपछि प्रधानमन्त्री ओलीले उनलाई भेट्न बुढानिलकण्ठस्थित निवासमै आउने खबर पठाएका थिए।

    तर देउवाले बुढानिलकण्ठमा समेत ओलीसँग भेट्न अस्वीकार गरेको स्रोतले बतायो। मन्त्रिपरिषद बैठक रोकिएपछि कुरा गर्न ओलीले देउवाकहाँ आउँछु भने पनि आफू अस्वस्थ भएकाले नआउन खबर दिएका हुन्।

    कांग्रेसमा ओली सरकारप्रति यस अघिदेखि नै तीव्र असन्तुष्टि व्यक्त हुँदै आएको थियो। प्रतिबद्धता अनुसार गभर्नर नदिने ओलीले देउवालाई प्रधानमन्त्री दिन्छन् भन्ने कुरामा विश्वास नरहेको भन्दै कांग्रेसका नेताहरुले उनलाई सचेत रहन आग्रह गर्दै आएका थिए। सोमबारको घटनापछि कांग्रेस र एमाले सम्मेलित ओली नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको छ।

    प्रकाशित मिति :जेठ ६ २०८२ मंगलवार - ०५:१४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij