Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रधानन्यायाधीशसहितको इजलासमा आज सुनुवाइ हुने

लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रधानन्यायाधीशसहितको इजलासमा आज सुनुवाइ हुने


  • 1.5K
    Shares

    • images
    लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रधानन्यायाधीशसहितको इजलासमा आज सुनुवाइ हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट माथि आज हेर्न मिल्ने इजलासमा सुनुवाइ हुने भएको छ । रविको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको हो ।

    यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने न्यायाधीश रहेको इजलासमा परेको सो रिटमा आइतबार हेर्न मिल्ने न्यायाधीशको इजलासमा पेसी तोक्ने आदेश भएको थियो । पटक-पटक हेर्न नमिल्ने भएपछि सोही इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनको नाममा आदेश गरेको थियो । 

    लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटसँग उनी र पूर्वडीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर अन्य दुई रिट लगाउमा रहेका छन् । 

    वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही दिन लामिछाने र जोशीको तर्फबाट सहकारी प्रकरणमा अन्य दुई रिट पनि दर्ता भएका थिए ।

     

    प्रकाशित मिति :जेठ ५ २०८२ सोमवार - १०:१७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij