Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पक्राउ

गोरखा भिमसेनथापाका अन्जनी बयलकोटी सहित तीन जना कीर्ते गरी नक्कली कागजात बनाउने पक्राउ

गोरखा भिमसेनथापाका अन्जनी बयलकोटी सहित तीन जना कीर्ते गरी नक्कली कागजात बनाउने पक्राउ


  • 2.8K
    Shares

    • images
    गोरखा भिमसेनथापाका अन्जनी  बयलकोटी सहित तीन जना कीर्ते गरी नक्कली कागजात बनाउने पक्राउ

    काठमाडौं । कीर्ते गरेर नक्कली कागजात बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला गोरखा भिमसेनथापा गाउँपालिका वडा नम्बर नम्बर १ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ बस्ने ४६ वर्षिय अन्जनी बयलकोटी रहेकी छन् ।

    त्यस्तै ओखलढुङ्गाको चम्पादेवी गाउापालिका वडा नम्बर ७ घर भई हाल काठमाडौंको बुढा निलकण्ठ नगरपालिका वडा नम्बर १२ बस्ने २८ वर्षिय निर्मल खड्का र मकवानपुरको कैलाश गाउापालिका वडा नम्बर २ छ्याङ्दुङ् घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोक बस्ने २३ वर्षीया अन्जु खत्री रहेकी छन् ।  

    काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ७ फुटुङ्बाट विभिन्न कीर्ते गरी बनाइएका नक्कली कागजात तथा उक्त कार्यसँग सम्बन्धित सामाग्री सहित बधबार उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी काजी प्रसाद आचार्यले जानकारी दिए । 

    पक्राउ परेका अन्जनी बयलकोटीले विगत ८ वर्ष देखि सरकारी तथा गैर सरकारी कार्यालयका कगजात, विभिन्न स्थानिय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरु, जग्गाधनी पुर्जा, सवारी चालक अनुमति पत्र, लगायतका कागजातह कीर्ते गरी नक्कली बनाई प्रयोग तथा प्रचलनमा ल्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

    काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर ७ फुटुङमा कोठा भाडामा लिई नक्कली कागजात सम्पादन र डिजाइनन गर्न लागि दुइ जना सहयोगीलाई मासिक रु १० जहार देखि रु १५ हजारसम्म तलब दिई कार्यालय सञ्चालन गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । 

    उनीहरुको साथबाट बैंकिङ लगायतका विभिन्न कागजातहरु समेत प्रहरीले बरामद गरेको छ । 

    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - १३:४१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij