Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एक सातादेखि लुक्लाको हवाई उडान प्रभावित

एक सातादेखि लुक्लाको हवाई उडान प्रभावित


  • 827
    Shares

    • images
    एक सातादेखि लुक्लाको हवाई उडान प्रभावित

     काठमाडौं । सोलुखुम्बुको लुक्लाका लागि आज बिहानैदेखि कुनै पनि उडान हुन सकेको छैनन् । मौसममा खराबीका कारण लुक्लाको हवाई उडान ठप्प भएको हो ।

    ‘बिहानैदेखि लुक्ला उडान हुन सकेको छैन । मौसम खराबीका कारण लुक्लाको उडान ठप्प छ’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले भने ।

    प्रवक्ता शेर्पाका अनुसार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आज एउटा पनि उडान भएको छैन । बिहान ६ बजेदेखि नै उडानको तालिका रहे पनि हालसम्म उडान हुन नसकेको हो ।

    समिट, सिता र तारा एयरको बिहान ६ बजे लुक्ला विमानस्थलमा उडान भर्ने तालिका रहेको थियो । त्यसयता बुद्ध, यति र श्री एयरलाइन्सका तालिका अनुसार कुनै उडान हुन सकेको छैन । मोसम खराबीको कारण यी सबै उडान ‘डिले’ तालिकामा राखिएको छ ।

    मौसम खराब भएका कारण आइतबार उडान हुने सम्भावना नरहेको तेन्जिङ हिलारी विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर अमन चन्द्र झाले बताउँछन् । उनले भने, ‘बिहानैदेखि यहाँ मौसम राम्रो छैन । आज एउटा पनि उडान हुन सकेको छैन । दिनभरि नै हुने सम्भावना देखिँदैन ।’

    उनका अनुसार मौसमकै कारण लुक्लाको उडान समय समयमा प्रभावित हुँदै आएका छ । पछिल्लो एक साता यतादेखि तालिका अनुसार नियमित उडान हुन नसकेको उनले जानकारी दिए । लुक्लाको उडान ठप्प हुँदा सोलुखुम्बु र काठमाडौं आवत–जावत गर्ने यात्रुहरू मार्कामा परेका छन् ।

    प्रकाशित मिति :बैशाख २३ २०८२ मंगलवार - १२:३१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij