२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । उदयपुरको कटारीमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।
कटारी नगरपालिकामा- ८ फूलबारीका १३ वर्षीय चित्रबहादुर वलम्पाकी मगरको चट्याङ लागेर मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए।
सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए। खोजी गर्दै जाँदा सोमबार साँझ उनी जंगलमा ढलिरहेको अवस्थामा फेला परेका वडाध्यक्ष तामाङले बताए।
‘साँझ बाख्रा आए पनि छोरा नआएपछि बुबा मानबहादुर खोज्न गएका रहेछन्’, वडाध्यक्ष तामाङले भने, ‘खोज्दै जाँदा वनमै चट्याङ लागेर ढलेको अवस्थामा भेटिएछन्।’ बालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाका सम्बन्धमा थप अनुसन्धान हुने बताए। रासस
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij