Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

महाराष्ट्रमा कोरोनाका कारण ८ दिनमा एकै परिवारका चार जनाको मृत्यु

महाराष्ट्रमा कोरोनाका कारण ८ दिनमा एकै परिवारका चार जनाको मृत्यु


  • 8.3K
    Shares

    महाराष्ट्रमा कोरोनाका कारण ८ दिनमा एकै परिवारका चार जनाको मृत्यु
    images

    भारतमा कोरोनाको दोस्रो लहरबाट प्रभावित नागरिकले ज्यान गुमाउन थालेपछि तथ्याङक बढिरहेको छ ।

    उपचारका लागि अस्पताल गएकाहरू अक्सिजन नपाएर छटपटाउँदै ज्यान गुमाइरहेका छन् । शवहरूको चाङले अन्त्येष्टि गर्न पालो कुर्नुपर्ने स्थिति छ । शव जलाउने काठ अभाव भएपछि चिनी उद्योगमा पेलेका उँखुका डाँठ खोसाखास गर्नुपर्ने बाध्यता छ ।

    महाराष्ट्र राज्यको पुणेमा कोरोना संक्रमित एकै परिवारका चार जनाले आठ दिनको अन्तरमा ज्यान गुमाएको समाचार सार्वजनिक भएको छ । मृत्यु हुनेमा आमा–बुवा र उनीहरूका दुई छोरा छन् । परिवारमा बाँकी एकमात्र सदस्य बुहारीको गम्भीर अवस्थामा उपचार जारी छ ।

    दैनिक भास्करका अनुसार मृत्यु हुनेमा पुणेको हडपसर इलाकामा बस्दै आएका आमा सुमन कोचेकर, उनका पति लक्ष्मण तथा छोराहरू श्यामसुन्दर र विजय छन् । उनीहरू एउटै घरमा बस्दै आएका थिए । बेड अभावमा उनीहरूको अलग–अलग अस्पतालमा उपचार भइरहेको थियो ।

    डाक्टरहरूले सबैभन्दा पहिले सुमनको १६ अप्रिलमा मृत्यु भएको बताएका छन । त्यसको ६ दिनपछि उनका पति लक्ष्मणको मृत्यु भएको थियो । छोराहरू श्यामसुन्दर र विजयले पनि संसार छाडे ।

    श्यामसुन्दरकी पत्नीको गम्भीर अवस्थामा उपचार जारी छ । उनको फोक्सोको ५० प्रतिशत भागमा संक्रमण भएको डाक्टरहरूको भनाइ छ । पुणे जिल्लाका अस्पतालहरूमा एक लाख १६ हजार कोरोना संक्रमितको उपचार भइरहेको समाचारमा उल्लेख छ । एजेन्सी

    प्रकाशित मिति :बैशाख १२ २०७८ आइतवार - ११:३८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij