Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आकस्मिक छलफलमा जुट्यो विद्यालय कर्मचारी परिषद्, पुनः आन्दोलनमा जाने चेतावनी

आकस्मिक छलफलमा जुट्यो विद्यालय कर्मचारी परिषद्, पुनः आन्दोलनमा जाने चेतावनी


  • 5.5K
    Shares

    आकस्मिक छलफलमा जुट्यो विद्यालय कर्मचारी परिषद्, पुनः आन्दोलनमा जाने चेतावनी

    काठमाडौं । सरकारसँग शिक्षक महासंघले गरेको सहमतिपछि विद्यालय शिक्षक कर्मचारीहरू असन्तुष्ट बनेका छन् ।

    बिहीबार सरकारसँग भएको सहमतिबारे सार्वजनिक गर्न रत्नराज्य माध्यमिक विद्यालयमा भएको कार्यक्रममा उनीहरूले विरोध जनाएका छन् ।

    लगत्तै अहिले विद्यालय कर्मचारी परिषद्का सदस्यहरू छलफलमा जुटेका छन् । उनीहरूको अहिले रत्नराज्य माध्यमिक विद्यालयमा छलफल जारी छ ।

    केहीबेर अघि उनीहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै विरोध जनाएका थिए । आफूहरूको आन्दोलन जारी रहेको विद्यालय कर्मचारी परिषद्का पदाधिकारीहरूले बताएका छन् ।

    कार्यक्रमस्थलमा पुगेका महासंघका अध्यक्ष सुवेदी नाराबाजी भएपछि प्रहरीको समन्वयमा बाहिरिएका हुन् ।

    सरकारसँगको सहमतिबारे असन्तुष्टि राख्दै विद्यालय कर्मचारीले विरोध जनाएका थिए । उनीहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै पुनः आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

    images
    प्रकाशित मिति :बैशाख १८ २०८२ बिहिवार - १४:१७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij