२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौँ । सरकारले रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने लक्ष्यका साथ https://shramsansar.gov.np/ ‘श्रमसंसार पोर्टल’ पोर्टल सञ्चालनमा ल्याएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने जानकारी दिएका छन् ।
एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुवै समस्यालाई समाधान गर्ने लक्ष्यका साथ यो पोर्टल ल्याइएको ओलीको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij