Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आममाफी पाएका रेशम चौधरी किन परे पक्राउ ?

आममाफी पाएका रेशम चौधरी किन परे पक्राउ ?


  • 3.7K
    Shares

    • images
    आममाफी पाएका रेशम चौधरी किन परे पक्राउ  ?

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई टीकापुर हत्याकाण्डकै कारण पक्राउ गरेको प्रहरीले बताएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले रेशमलाई टीकापुर घटनाकै कैद भुक्तान बाँकी रहेकाले अदालतको आदेशअनुसार पक्राउ गरेको बताए।

    चौधरीलाई काठमाडौँ प्रहरी परिसरको टोलीले नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरबाटै नियन्त्रणमा लिएको हो। उनी नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणाका लागि प्रज्ञा प्रतिष्ठान पुगेका थिए।

    कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मी र १ दुधे बालकको ज्यान लिने गरी भएको हत्याकाण्डमा मुख्य दोषी ठहर भएका रेशम चौधरीलाई जिल्लादेखि सर्वोच्च अदालतसम्मैले जन्मकैद सजाय तोकेका छन्। तर, सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई गत जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर कैद माफ गरिदिएका थिए।

    चौधरीलाई माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। कडायत टीकापुरमा मारिएकामध्ये प्रहरी अधिकृत केशव बोहराकी श्रीमती हुन्। 

    उनको निवेदन भने सर्वोच्चमा विचाराधीन नै छ। यसको पछिल्लो पेसी गत माघ २७ गते रहे पनि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र विनोद शर्माको इजलास नै नबसेपछि सुनुवाइ हुन सकेको थिएन। त्यसअघि पनि सर्वोच्च प्रशासनले निकै फराकिलो समय राखी पेसी दिइरहेको थियो। अब अर्को पेसी असार १० गते तोकिएको छ।    

    करिब यस्तै प्रकृतिको रिटमा सर्वोच्च अदालतले राष्ट्रपतिबाट पाएको माफी बदर गर्दै रिगल भनिने योगराज ढकाललाई पुनः कैदमा पठाएको थियो। रिगलको मुद्दामा सर्वोच्चले जन्मकैदको सजायमा मिनाहा नपाइने भन्दै स्वेच्छाचारी निर्णय नगर्न सरकारका नाममा आदेश जारी गरेको थियो।

    प्रकाशित मिति :बैशाख १७ २०८२ बुधवार - १२:५०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij