Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नवराज विकसहित ६ जना हत्या प्रकरण: २३ जनालाई जन्मकैदको फैसला सदर

नवराज विकसहित ६ जना हत्या प्रकरण: २३ जनालाई जन्मकैदको फैसला सदर


  • 6.4K
    Shares

    • images
    नवराज विकसहित ६ जना हत्या प्रकरण: २३ जनालाई जन्मकैदको फैसला सदर

    काठमाडौं । नवराज विक हत्या प्रकरणका २३ जनालाई उच्च अदालत सुर्खेतले दोषी सदर गरेको छ। न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यसअघि जिल्ला अदालत रुकुम पश्चिमले गरेको फैसलालाई सदर गर्दै जन्मकैद भएका सबैको सजाय सदर गरेको हो।

    २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले गरेको जन्मकैदको फैसला सदर गरेको छ।

    न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले जन्मकैद भएका सबैको सजाय सदर गरेको हो। उनीहरूविरुद्ध जातीय छुवाछुत अभियोग लागेकोमा उच्चले उक्त कसुरमा भने सबैलाई सफाइ दिएको अदालत स्रोतले जनाएको छ।

    नवराज विककी प्रेमिका भनिएकी (घटना हुँदा नाबालिग) किशोरी र उनकी आमालाई भने सफाइ दिएको छ। जिल्ला अदालत रुकुम पश्चिमले २०८० मंसिर १९ गते जातीय विभेदकै कारण गाउँलेले विकसहित ६ जना युवकलाई कुटपिट गरी मारेको ठहर गर्दै वडाअध्यक्ष दम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। जन्मकैदको सजायमा २५ वर्ष जेल सजाय हुन्छ।

    किशोरीसहित आमालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ सजाय सुनाएको थियो। ८ जनाले भने सफाइ पाएका थिए। जिल्लाको फैसलाविरुद्ध रुकुमपश्चिम थुनामा रहेका वडाअध्यक्ष मल्लसहितले २४ थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुवा मुनलाल नेपालीले दुई थान पुनरावेदन निवेदन दायर गरेका थिए।

    जाजरकोटको भेरी नगरपालिका ४ सानागाउँका २१ वर्षीय नवराज विकसहितका साथीहरु प्रेमिकालाई लिन जाँदा गाउँलेले घरेलु हतियारसहित घेरा हाली ती युवालाई कुटपिट गरेका थिए। आक्रमणपछि नवराज विक र उनका साथीहरु सन्जु विक, गणेश विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम सुनारको मृत्यु भएको थियो। उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो।

    प्रकाशित मिति :बैशाख १७ २०८२ बुधवार - ०६:३६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij