Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

विकास हाइड्रोपावरले पायो आईपीओ निष्कासनका लागि स्वीकृति

विकास हाइड्रोपावरले पायो आईपीओ निष्कासनका लागि स्वीकृति


  • 2.1K
    Shares

    • images
    विकास हाइड्रोपावरले पायो आईपीओ निष्कासनका लागि स्वीकृति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले विकास हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनका लागि स्वीकृति दिएको छ । बोर्डले कम्पनीलाई ९० लाख ९१ हजार १३ कित्ता सेयर निष्कासनका लागि स्वीकृति दिएको हो ।

    ४९ प्रतिशत सेयर सर्वसाधारण समूहको र ५१ प्रतिशत सेयर संस्थापकको हुनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले सेयर निष्कासन गर्न लागेको हो ।

    सर्वसाधारण समूहको कुल ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन हुने छ । बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले पहिले प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ निष्कासन गर्नेछ ।

    यस कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौं–३ महाराजगन्जमा छ । कम्पनीले गोरखा जिल्लामा ४.५ मेगावाट क्षमताको माछाखोला हाइड्रोपावर आयोजना सञ्चालनमा ल्याएको छ ।

    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - १७:३५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij