Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

वार्तामा जानुअघि सशक्त अडान लिन शिक्षकहरू गोप्य बैठकमा, शिक्षामन्त्री पर्खाइमा

वार्तामा जानुअघि सशक्त अडान लिन शिक्षकहरू गोप्य बैठकमा, शिक्षामन्त्री पर्खाइमा


  • 6.9K
    Shares

    वार्तामा जानुअघि सशक्त अडान लिन शिक्षकहरू गोप्य बैठकमा,  शिक्षामन्त्री पर्खाइमा

    काठमाडौं । लगातार सडक प्रदर्शनमा उत्रिएका शिक्षकहरूसँग अर्को वार्ताको तयारी भइरहेको छ । सोमबार रातिसम्म भएको वार्ता सकारात्मक भनिए पनि कुनै निष्कर्ष ननिस्केकाले मंगलबार पनि वार्ताको तयारी भइरहेको छ । 

    शिक्षामन्त्री रघुजी पन्त वार्ताका लागि शिक्षकहरूलाई पर्खेर बसेका छन् । मन्त्रालयमा मन्त्री उनीहरूलाई पर्खेर बसे पनि शिक्षकहरू भने वार्तामा गएका छैनन् । उनीहरू अहिले गोप्य आन्तरिक बैठकमा बसेको स्रोतले जनाएको छ । 

    ‘हामी गोप्य बैठकमा छौँ । के कसरी जाने भनेर आन्तरिक छलफलका लागि बसिरहेका छौँ,’ शिक्षक महासंघ स्रोतले भन्यो ।

    शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक काठमाडौं आएर विगत २८ दिनदेखि शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखी प्रदर्शन गरिरहेका छन् । शिक्षकको आन्दोलनका कारण विद्यार्थी भर्ना अभियानसमेत प्रभावित भएको छ ।

    images
    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - १७:१४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij