Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

निजी क्षेत्रसँगको संवादबाट आगामी आर्थिक वर्षको बजेट राम्रो बनाउन मद्दत पुग्ने छ : सभापति देउवा

निजी क्षेत्रसँगको संवादबाट आगामी आर्थिक वर्षको बजेट राम्रो बनाउन मद्दत पुग्ने छ : सभापति देउवा


  • 1.1K
    Shares

    • images
    निजी क्षेत्रसँगको संवादबाट आगामी आर्थिक वर्षको बजेट राम्रो बनाउन मद्दत पुग्ने  छ : सभापति देउवा

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् ।

    सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । देउवालेआ.व.०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने बताए । देउवाले व्यापारीले व्यापार र उद्योगपतिले उद्योग सञ्चालन गर्नुपर्ने भन्दै सरकारले व्यापार गर्ने नभएको बताका छन् । देउवाले व्यापार व्यवसाय निजी क्षेत्रबाटै हुनुपर्ने काँग्रेसको मान्यता रहेको बताए ।

    सभापति देउवाले ‘व्यापारीले व्यापार गर्ने हो, उद्योगपतिले उद्योग खोल्ने हो । सरकारले व्यापार उद्योग गर्ने होइन । त्यसकारण निजी संस्थान हुनुपर्छ भन्ने मान्यता नेपाली काँग्रेसको रहेको छ । आर्थिक वर्ष ०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्नेछ । आर्थिक क्षेत्रलाई थप चलायमान गराउनेछ भन्ने मैले विश्वास लिएको छु ।’

    सभापति देउवाले निजी क्षेत्रसँगको संवादबाट आगामी आर्थिक वर्षको बजेट राम्रो बनाउन मद्दत पुग्ने बताएका छन् ।

    प्रकाशित मिति :बैशाख १५ २०८२ सोमवार - १२:५२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij