Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

श्रीलंकामा चिनियाँ खोप साइनोफार्म रोकेर भारतमा उत्पादित खोप लगाउने

श्रीलंकामा चिनियाँ खोप साइनोफार्म रोकेर भारतमा उत्पादित खोप लगाउने


  • 7.0K
    Shares

    श्रीलंकामा चिनियाँ खोप  साइनोफार्म रोकेर भारतमा उत्पादित खोप लगाउने
    images

    कोलम्बो । श्रीलंकाले चीनमा उत्पादित कोभिड १९ बिरुद्धको साइनोफार्म खोप रोकेर भारतमा उत्पादित कोभिशिल्ड खोप प्रयोग गर्ने भएको छ ।

    चिनियाँ साइनोफार्म खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल पुरा नगरेको कारण हाल उक्त खोप लगाउन रोकेको श्रीलंका संसदका सह प्रवक्ता डा. रमेश पथिरानाले बताएका छन् । त्यस्तै, साइनोफार्म खोपको दर्ताबारे पुर्ण विवरण प्राप्त नभएको पनि उनले बताए ।

    विश्व स्वास्थ्य संगठनले स्वीकृत नगरेको साइनोफार्म खोपको दर्ता गर्न अझै समय लाग्ने देखिएको पनि पथिरानाले बताए । श्रीलंका मुख्य गरि बेलायतको अस्ट्रेजेनेका को भारतीय स्थानीय उत्पादन कोभिशिल्ड खोपमा निर्भर रहेको पनि सह प्रवक्ता पथिरानाले बताएका छन् ।

    श्रीलंकाको संसदले पाँच करोड बीस लाख अमेरिकी डलर बराबरको लागतमा एक करोड डोज कोभिशिल्ड खोप भारतबाट निर्यात गर्ने स्वीकृत गरीसकेको छ । स्रोत टाईम्स अफ ईन्डीया

    प्रकाशित मिति :बैशाख १० २०७८ शुक्रवार - १२:१९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij