Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

कश्मीरमा पर्यटकको समूहमाथि आक्रमण, नेपालीसहित कम्तीमा २८ जनाको मृत्यु

कश्मीरमा पर्यटकको समूहमाथि आक्रमण, नेपालीसहित कम्तीमा २८ जनाको मृत्यु


  • 2.2K
    Shares

    कश्मीरमा पर्यटकको समूहमाथि आक्रमण, नेपालीसहित कम्तीमा २८ जनाको मृत्यु
    images

    कश्मीर । भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला भएको छ ।

    सुरक्षा अधिकारीका अनुसार पर्यटकहरूमाथि बन्दुकधारीले गोली बर्साएका हुन् । जुन घटनामा एकजना नेपाली पर्यटकसहित अहिलेसम्म २८ जनाले ज्यान गुमाएका छन् । जम्मु-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यसलाई हालैका वर्षमा आमनागरिकलाई निशाना बनाइएको सबैभन्दा ठूलो घटना भनेका छन् । यो आक्रमणमा कयौँजना घाइते भएको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

    बीबीसीका अनुसार केही घाइतेहरूलाई अनन्तनागको सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ । दैनिक भास्करका अनुसाभर यो आक्रमणमा पर्यटकका रुपमा पहलगाम पुगेका एकजना नेपाली पनि मारिएका छन् । तर उनको पहिचान खुलाइएको छैन । नेपालीसहित आक्रमणमा मारिनेमा अन्य विदेशी पर्यटक पनि छन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई आतंकवादी हमला भनेका छन् । उनले हमलामा संलग्नलाई कुनै हालतमा नछाडिने उल्लेख गरेका छन् ।

    जम्मु-कश्मीरकी स्वास्थ्य मन्त्री सकीना इटुले पत्रकारहरूलाई बताएअनुसार अनन्तनाग मेडिकल कलेनजमा केही घाइतेलाई भर्ना गरिएको छ । तीनजना घाइतेको अवस्था गम्भीर छ । तीमध्ये एकको अवस्था चिन्ताजनक छ । उनका अनुसार अर्का घाइतेलाई श्रीनगरको अस्पतालमा भर्ना गरिएको छ ।

    मोदीले यस घटनाको कडा शब्दमा निन्दा गर्दै भनेका छन्, ‘यस जघन्य घटनाको पछाडि जो छन्, उनीहरूलाई कडा सजाय हुनेछ । हामी उनीहरूलाई छाड्ने छैनौँ ।’ मोदीले गृह मन्त्री अमित शाह श्रीनगर गएर आपतकालीन बैठक राख्ने बताएका छन् । राज्यका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाकाअनुसार घटनास्थललाई सुरक्षाकर्मीले घेरिसकेका छन् ।

    अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएका छैनन् । यो हमला कश्मीर उपत्यकामा पर्यटकको ओइरो लागेको समय भएको हो । पहलगाम पर्यटकका लागि धेरै लोकप्रिय छ । हरियो घाँसै मैदान र तालहरूका कारण यो ठाउँ चर्चित छ । यहाँ हरेक वर्ष हजारौँ पर्यटक पुग्छन् । यो आक्रमण पहलगामबाट करिब ५ किलोमिटरको दूरीमा भएको हो ।

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - ०६:२६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij