Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षक आन्दोलन

आन्दोलन नरोक्ने अडानमा शिक्षक, बिहानैदेखि माइतीघर-बानेश्वर सडक अस्तव्यस्त

आन्दोलन नरोक्ने अडानमा शिक्षक, बिहानैदेखि माइतीघर-बानेश्वर सडक अस्तव्यस्त


  • 1.4K
    Shares

    • images
    आन्दोलन नरोक्ने अडानमा शिक्षक, बिहानैदेखि माइतीघर-बानेश्वर सडक अस्तव्यस्त

    काठमाडौं । आज पनि शिक्षक आन्दोलन बिहान ९ बजेदेखि शुरु भएको छ ।

    पर्याप्त पूर्वसूचनाको अभावबीच कार्यालय समयमै शिक्षकहरू सडकमा उत्रिएपछि ट्राफिक व्यवस्थापन जटिल बनेको छ । माइतीघर(नयाँ बानेश्वर सडक खण्ड बन्द भएको छ ।

    वैकल्पिक रुटका रूपमा नयाँ बानेश्वरबाट थापागाउँ हुँदै हनुमानस्थानको रुट तय गरिएको उपत्यका ट्राफिक प्रहरी कन्ट्रोलले जनाएको छ । उक्त सडक अवरुद्ध हुँदा कार्यालय जाने कर्मचारीसहित स्कुल, कलेजका विद्यार्थीलाई आवतजावत गर्न कठिन भएको छ ।

    दिउँसो राप्रपाले प्रदर्शन गर्ने सूचना पाएपछि अकस्मात् आज पनि आन्दोलनको कार्यक्रम बिहानै गर्नुपरेको शिक्षक नेताहरूले बताएका छन् ।

    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - ०९:५९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij