Logo

२०८२ पौष ३ गते बिहिवार

२०८२ पौष ३ गते बिहिवार

महाराष्ट्रको एक अस्पतालमा अक्सिजन लिक हुँदा भेन्टिलेटरमा रहेका २२ जना कोरोना संक्रमितको मृत्यु

महाराष्ट्रको एक अस्पतालमा अक्सिजन लिक हुँदा भेन्टिलेटरमा रहेका २२ जना कोरोना संक्रमितको मृत्यु


  • 7.0K
    Shares

    महाराष्ट्रको एक अस्पतालमा अक्सिजन लिक हुँदा भेन्टिलेटरमा रहेका २२ जना कोरोना संक्रमितको मृत्यु
    images

    भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचाररत् २२ जनाको मृत्यु भएको छ ।

    नासिक म्युनिसिपल कर्पोरेशनले चलाएको अस्पतालमा उपचार गराइरहेका २२ जना कोरोना संक्रमितको अक्सिजनको कमीले बुधबार मृत्यु भएको आफन्तहरूले बताएका छन् ।

    महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले बिरामीहरूलाई अक्सिजन दिइरहेको ट्यांक लिक हुँदा उनीहरूलाई अक्सिजन कमी भएको र उक्त घटनाको अनुसन्धान गर्ने बताएका छन् ।

    अक्सिजन ट्यांक लिक हुँदा झन्डै आधा घन्टासम्म अस्पतालमा अक्सिजन सप्लाई रोकिएको थियो । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । कोरोनाबाट सबभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो । एजेन्सी

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - १५:५७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij