२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौंको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई कारागार चलानको आदेश दिएको दिएको छ । २५ करोडको मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर भएका नारायण पौडेल फरार रहेको छन् ।
पौडेललाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो भने लामा र पौडेल विरुद्ध बरामद भएको रकम २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको बिगो र जरिवाना समेत मागदाबी गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij