Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

 १५ दिनदेखि प्रदर्शन गर्दै आएको शिक्षकहरूलाई शिक्षामन्त्रीले भनेः माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ

 १५ दिनदेखि प्रदर्शन गर्दै आएको शिक्षकहरूलाई शिक्षामन्त्रीले भनेः माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ


  • 3.0K
    Shares

    • images
     १५ दिनदेखि प्रदर्शन गर्दै आएको शिक्षकहरूलाई शिक्षामन्त्रीले भनेः माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आन्दोलनरत शिक्षकहरूको मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । मन्त्री भट्टराईले माग सम्बोधन गर्नको लागि नै संसद्को अधिवेशन आह्वान गरेको बताएकी छन् । 

    माग सम्बोधन गर्न अधिवेशन आह्वान गरेको जनाउँदै सरकारले आन्दोलनको कार्यक्रम स्थगित गर्न भनेको थियो । तर, शिक्षकहरूले आन्दोलन भने नरोक्ने जानकारी दिएका छन् । शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएपछि भट्टराईले  एक भिडियो मार्फत शिक्षकहरूको मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

     १५ दिनदेखि सडकमा प्रदर्शन गर्दै आएको शिक्षकहरूले अब निर्णायक मोडमा आइपुगेको जानकारी दिएका छन् । आन्दोलनरत नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ऐन जारी नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । 

    प्रकाशित मिति :बैशाख ३ २०८२ बुधवार - ११:४४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij