Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सान्भी इनर्जीले आइपीओ निष्कासन गर्दै

सान्भी इनर्जीले आइपीओ निष्कासन गर्दै


  • 1.2K
    Shares

    • images
    सान्भी इनर्जीले आइपीओ निष्कासन गर्दै

    काठमाडौं । सान्भी इनर्जीले आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले  वैशाख ५ गते देखि आइपीओ बिक्री खुला गर्ने भएको हो । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

    कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले ३७ करोड ९० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ भने १०० रुपैयाँ अंकित दरको कुल ३७ लाख ९० हजार कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागिको जारी पुँजीको १० प्रतिशतले हुन आउने ८ लाख ८० हजार कित्ता शेयर बिक्री खुला गर्ने छ भएको छ र सर्वसाधारणका लागि २ लाख ९१ हजार कित्तामा वैदेशिक रोजगारमा रहेका नेपालले आवेदन दिन सक्नेछन्। 

    आइपीओमा न्यूनतम १० कित्ताको लागि र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिने छ। स्थानीयले नबिल बैंकको फिक्कल शाखा कार्यालयबाट आवेदन दिन सक्ने छन्। वैदेशिक रोजगारीमा रहेको नेपालीले सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्ने छन्।

    इच्छुक लगानीकर्ताले वैशाख १९ गते ढिलोमा जेठ ३ गतेसम्ममा अनवेदन दिनु पर्ने हुन्छ । वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि वैशाख १९ गतेसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

     

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - १४:१४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij