Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने

एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने


  • 1.5K
    Shares

    • images
    एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा सबै डेलिगेट्स (प्रतिनिधि) सबै पदमा उम्मेदवार बन्न पाउने भएका छन् ।  उच्चस्तरीय समितिको आइतबार सम्पन्न बैठकले प्रतिनिधि भएका व्यक्तिले अध्यक्ष सहितका सबै पदमा उम्मेदवारी दिन पाउने निर्णय गरेको हो ।

    उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले आइतबारको निर्णयसँगै प्रतिनिधि जो कोहीले जुनसुकै पदमा उम्मेदवारी दिन सक्ने रातोपाटीलाई बताए । यसअघि आइसीसी सदस्य भएका व्यक्तिले मात्रै अध्यक्ष सहितका पदमा उम्मेदवारी दिन पाउने व्यवस्था थियो।

    एनआरएनको एकता महाधिवेशन आगामी मे ३, ४ र ५ मा काठमाडौँमा हुँदैछ। त्यसका लागि उच्चस्तरीय समितिले आवश्यक तयारी तीव्र बनाइरहेको जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ३१ २०८१ आइतवार - १७:३०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij