Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अमेरिकामा प्रहरीले चलाएको गोली लागेर अश्वेत युवतीको मृत्यु

अमेरिकामा प्रहरीले चलाएको गोली लागेर अश्वेत युवतीको मृत्यु


  • 7.0K
    Shares

    अमेरिकामा प्रहरीले चलाएको गोली लागेर अश्वेत युवतीको मृत्यु
    images

    वासिङ्टन । अमेरिकाको ओहायो राज्यमा प्रहरीले चलाएको गोली लागि एक अश्वेत युवतीको मृत्यु भएको छ । मृतक १६ वर्षीया माखिया ब्रायन्ट रहेको ‘कोलम्बस डिसप्याच न्यूजपेपर’ले जनाएको छ ।

    ओहायो राज्यको राजधानी कोलम्बसमा स्थानीय समयअनुसार मंगलबार अपराह्न्न ४ः४५ मा प्रहरी अधिकारीले चलाएको गोली लागेर ब्रायन्टको मृत्यु भएको हो ।

    अफ्रिकी–अमेरिकी जर्ज फ्लोयडको मृत्युमा अदालतले पूर्वप्रहरी अधिकारीलाई दोषी ठहर गरेको २० मिनेटअघि मात्र यो घटना घटेको समाचारमा जनाइएको छ ।

    सार्वजनिक भिडियोमा ब्रायन्टले एक व्यक्तिलाई धक्का दिएर लडाएपछि कारको छतमा रहेकी युवतीमाथि छुरा प्रहार गर्न खोज्छिन् । त्यसपछि ४ पटक गोली चलेको आवाज सुनिएको समाचारमा उल्लेख छ । प्रहरीले घटनाको विषयमा छानबिन सुरु गरेको जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - १२:४०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij