२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीको अवसरहरू सिर्जना गर्न नसकेसम्म निराशालाई आशामा बदल्न नसकिने बताएका छन् ।
रोजगारी प्रदान गर्न सरकारको सीमितता रहेको भन्दै अहिले करिब ५०० जनशक्तिलाई सरकारले रोजगारी दिएको उल्लेख गरे । हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिब ५०० युवालाई रोजगारी दिन सक्ने क्षमता नेपालको निजी क्षेत्रमा पनि नरहेको अध्यक्ष ढकालले जिकिर गरेका छन् ।
वर्तमान सरकारको मुख्य एजेन्डा नै समृद्ध नेपाल, सुखी नेपाली भएको उल्लेख गर्दै मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु पर्ने जिकिर गरेका छन् ।
निजी क्षेत्रको उद्यम व्यवसाय र सर्वसाधारणको जीविकामा प्रतिकुल असर पर्ने काम राजनीतिक नेतृत्वबाट हुनै नहुने बताएका छन्
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij