Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षक आन्दोलन

आन्दोलनरत शिक्षकले पूरै सडक कब्जा गरेपछि प्रहरीसँग घम्साघम्सी

आन्दोलनरत शिक्षकले पूरै सडक कब्जा गरेपछि प्रहरीसँग घम्साघम्सी


  • 1.3K
    Shares

    • images
    आन्दोलनरत शिक्षकले पूरै सडक कब्जा गरेपछि प्रहरीसँग घम्साघम्सी

    काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ । महासंघले काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् । 

    यसअघि आन्दोलन शान्तिपूर्ण रहँदै आएकोमा आज भने शिक्षकहरूले सडकका ३ वटै लेन कब्जा गर्न खोज्दा प्रहरीसँग विवाद भएको छ । सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हडताल गर्दै शिक्षकहरू आन्दोलनरत छन् ।

    महासंघले संसद्को वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - १२:३१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij