Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

५१ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक प्रशासन तालिम प्रदान

५१ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक प्रशासन तालिम प्रदान


  • 1.4K
    Shares

    • images
    ५१ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक प्रशासन तालिम प्रदान

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक प्रशासन तालिम प्रदान गरेको छ ।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्त्वावधानमा सो कार्यालयमा सञ्चालित ट्राफिक प्रशासन तालिम २५औँ समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । 

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बुधबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

    उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताए । जनतालाई सुरक्षित र सहज ट्राफिक व्यवस्थापनको महसुस गराउनुका साथै सडकमा खटिँदा सहनशील र धैर्यवान् भई आफ्नो स्वास्थ्यसमेतलाई ध्यानमा राखी प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।   

    कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेस न्यौपानेले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन ११ गतेदेखि सञ्चालित ३५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २४ जना र प्रहरी सहायक निरीक्षक २७ जना गरी कुल ५१ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिए । 

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - १३:१३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij