२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । पठाओ नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ‘पठाओ पार्सल डेलिभरी महोत्सव-न्यू इयर बोनाञ्जा’ सुरु गरेको छ । ‘सस्तो दर, भरपर्दो डेलिभरी’ भन्ने नारासहित चैत २५ देखि वैशाख १७ सम्म महोत्सव सञ्चालन गरेको पठाओले जानकारी दिएको छ ।
महोत्सवका अवसरमा पठाओ नेपालले काठमाडौं उपत्यकाभित्र रहेका व्यावसायिक व्यापारीलाई लक्षित गरी विभिन्न उपहार र योजना ल्याएको पठाओ नेपालकी निर्देशक सुरक्षा हमालले बताइन् । नेपालको प्रमुख चुनौती नै लजिस्टिक्स हो । पठाओले त्यो चुनौती समाधान गर्दै, साना व्यवसायको पहुँच मुलुकभर विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो, उनले भनिन् ।
कम्पनीले यस अभियानलाई लजिस्टिक्स क्षेत्रलाई आधुनिकिकरण गर्दै व्यवसायहरूलाई सशक्त बनाउने एक अवसरको रूपमा लिएको छ । पठाओको नयाँ योजनामा नयाँ दर्ता हुने सबै व्यापारीहरूले पहिलो ५० अर्डरसम्म तीन केजीसम्मका पार्सल नेपालभर निःशुल्क पठाउन सक्नेछन् ।
कम्पनीका अनुसार अप्रिल र मे महिनामा डेलिभरी शुल्कमा छुट दिँदै काठमाडौँ उपत्यकाभित्रको डेलिभरीका लागि तीन केजीसम्म ५९ रुपैयाँ र काठमाडौँ उपत्यका बाहिरका लागि ७९ रुपैयाँ तोकिएको छ ।साथै, महोत्सव अवधिभर २०० भन्दा बढी अर्डर गर्ने १० जना व्यापारीहरूले ५० बराबरको फेसबुक एड क्रेडिट जित्न सक्नेछन् ।
दैनिक अर्डर गर्ने व्यापारीहरूमध्ये हरेक हप्ता एक जनाले १०० वटा निःशुल्क डेलिभरी भाउचर जित्नेछन् भने हरेक दिन विभिन्न गिफ्ट ह्याम्पर वा शपिङ भाउचर जित्न सक्नेछन् ।पठाओले व्यापारीका लागि २४ घण्टामा फन्ड सेटलमेन्ट, २४ घण्टा ग्राहक सेवा सपोर्ट र व्यावसायिक ड्यासबोर्ड सुविधा समेत उपलब्ध गराएको जनाएको छ । जसले गर्दा उनीहरूले अर्डर, भुक्तानी र ट्रयाकिङ सजिलै गर्न सक्नेछन् ।
सहभागी हुन चाहने व्यापारीहरूले पठाओ पार्सलको वेबसाइटमार्फत अनलाइन दर्ता गर्न सक्नेछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij