Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दुर्गा मन्दिरमा रक्ताम्मे अवस्थामा भेटियो पुरुषको शव, नजिकै प्रहरी कार्यालय

दुर्गा मन्दिरमा रक्ताम्मे अवस्थामा भेटियो पुरुषको शव, नजिकै प्रहरी कार्यालय


  • 1.3K
    Shares

    • images
    दुर्गा मन्दिरमा रक्ताम्मे अवस्थामा भेटियो पुरुषको शव, नजिकै प्रहरी कार्यालय

    काठमाडौं । कैलालीको अत्तरियामा बुधबार बिहान हत्या गरिएको अवस्थामा पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला परेको हो।

    ढुंगा प्रहार गरी हत्या गरिएको जस्तो देखिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए। उनले ढुंगाले हानेर टाउकोको बायाँ पट्टिको भाग फुटाइएको बताए। उनले अनुहार पनि चिन्त नसकिने अवस्थामा रहेको बताएका छन्।

    उनको साथमा लुगा बाहेक अन्य सामग्री फेला नपरेकाले पहिचानमा कठिनाइ भइरहेको बताएका छन्। पुरुषको शव मन्दिरको दक्षिणतर्फ प्रांगणमा भेटिए पनि घटना मन्दिरभित्र भएको प्रहरीले जनाएको छ। शव भेटिएको ठाउँ भन्दा २० मिटर जति दूरीमा रहेको मन्दिर प्रांगण रक्ताम्मे भएको छ।

    मन्दिरदेखि घिसारेर शव तल फालिएको जस्तो देखिएको डिएसपी थापाले बताए। मन्दिरका पुजारी टिका दत्त पनेरुले बिहान साढे ६ बजे मात्रै आफूले घटनाको बारेमा थाहा पाएको बताए। उनले मन्दिर पछाडि रहेको पतञ्जलि योग समितिका मानिसले भनेपछि आफूले थाहा पाएको बताए।

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - १०:१२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij