Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

१७ वर्षपछि लोकनाथ पक्राउ, भारतमा १० वर्षदेखि रामजानकी मन्दिरको पुजारी

१७ वर्षपछि लोकनाथ पक्राउ, भारतमा १० वर्षदेखि रामजानकी मन्दिरको पुजारी


  • 1.4K
    Shares

    १७ वर्षपछि लोकनाथ पक्राउ, भारतमा १० वर्षदेखि रामजानकी मन्दिरको पुजारी

    काठमाडौं । व्यक्ति हत्यामा सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका एक व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पर्साको विन्दबासिनी गाउँपालिका-२ का ६२ वर्षीय लोकनाथ साह तेली रहेका छन् ।

    नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार तेलीले जग्गा विवादमा साविक बहुअर्वाभा गाविस ५ का ढोडा मुखिया विनलाई २५ वैशाख २०६४ मा गोली प्रहार गरी हत्या गरेका थिए ।

    विनलाई जग्गा विवाद विषयमा छलफल गर्न बोलाएर गोली हानी हत्या गरी फरार भएका थिए । २४ कात्तिक २०६९ को सर्वोच्च अदालतको फैसलाले साहलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३९१० बमोजिम सर्वस्वसहित जन्म कैदको सजाए सुनाएको थियो ।

    विनको हत्यापछि साह भारतको चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीको रूपमा १० वर्षदेखि साधुको भेषमा लुकिछिपी बस्दै आएका थिए ।

    वीरगञ्जबाट सोमबार साधुको भेषमा पक्राउ परेका साहलाई फैसला कार्यान्वयनका लागि आज मंगलबार जिल्ला अदालतमा पेस गरिएको ब्यूरोले जनाएको छ ।

    images
    प्रकाशित मिति :चैत्र २६ २०८१ मंगलवार - १६:००:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij