२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित २० जनालाई अदालतले १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा मिश्र र जबरासहित पक्राउ परेका थिएका छन् । मंगलबार काठमाडौं जिल्ला अदालतको न्यायाधीश विष्णु प्रसाद उपाध्यायले उनीहरूलाई थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकाछन् ।
राज्यविरुद्ध कसुर गरेको आरोपमा मिश्र र जबरासहित २० जना थुनामा छन् । यसअघि उनीहरूविरुद्ध क्रमशः ५ दिन र ६ दिन म्याद थप गरिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij