Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

धरानमा अर्धनग्न अवस्थामा भेटियो ३० वर्षीया महिलाको शव

धरानमा अर्धनग्न अवस्थामा भेटियो ३० वर्षीया महिलाको शव


  • 1.6K
    Shares

    धरानमा अर्धनग्न अवस्थामा भेटियो ३० वर्षीया महिलाको शव

    धरान उपमहानगर वडा नम्बर- ६ स्थित पाँचकन्या सामुदायिक वन क्षेत्रमा महिलाको शव फेला परेको छ । स्थानीयले गोठालो गएका बेला लसुनेको रुखमुनि महिलाको शव फेला पारेका हुन्। 

    अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। महिलाको हत्या भएको हुन सक्ने प्रहरीको आशङ्का छ। करिब ३० वर्ष जतिकी महिलाको शवको सनाखत हुन नसकेको  सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार लिमल्सिनाले जानकारी दिए।

    शव भेटिएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट संयुक्त टोली खटिएको थियो। 

    ‘घटनाको बारेमा अनुसन्धान सुरु गरेका छौँ,’ एसपी तिमल्सिनाले भने,  शव भेटिएको स्थानमा फरेन्सिक टोलीसहित तालिम प्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान अगाडि बढाइएकाे छ।’  

    शवको अवस्था र घटनास्थलको प्रारम्भिक अवलोकनका आधारमा महिलाको घाँटी कसेर हत्या गरिएको आशङ्का प्रहरीले गरेको छ। एसपी तिमल्सिनाका अनुसार हत्या पछि शवलाई लसुनेको रुखमुनि अड्याएर छाडिएको देखिएको छ।

    प्रहरीले घटनाको प्रकृति अत्यन्तै गम्भीर र शङ्कास्पद रहेको जनाएको छ। प्रहरीले शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। ती महिलाको पहिचानको प्रयास भइरहेको प्रहरीको भनाई छ। 

    images
    प्रकाशित मिति :चैत्र २६ २०८१ मंगलवार - ०६:२५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij