Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन, शरीर दान दिने

वरिष्ठ पत्रकार भैरव रिसालको निधन, शरीर दान दिने


  • 1.7K
    Shares

    • images
    वरिष्ठ पत्रकार भैरव रिसालको निधन, शरीर दान दिने

    काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ ।

    दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । रिसालको राति पौने ८ बजे निधन भएको उनका माइला भाइ पुरू रिसालले पुष्टि गरे । रिसालले शरीर दान गरेकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजान लागिएको हो ।

    छोरी सुष्मा रिसालका अनुसार पाटन स्वास्थ विज्ञान प्रतिष्ठानमा लैजाने तयारी छ । भैरव रिसालले शरीर दान गरेकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजान लागिएको हो ।

    ९७ वर्षीय पाका पत्रकार रिसाल पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए । राष्ट्रिय समाचार समितिमा लामो समय काम गरेका पत्रकार रिसाल राससमा अवकाशपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आवद्ध रहे ।

    रेडियो सगरमाथाको स्थापनाकालदेखि संलग्न पत्रकार रिसालले लामो समयसम्म रेडियो कुराकानी स्तम्भमा आफ्नो विचार प्रस्तुत गर्थे भने उहिले बाजेका पालामा नामक कार्यक्रम चलाउथे । उनी रासससबाट प्रमुख संवाददाता भएर अवकाश भएका थिए ।

    पत्रकार रिसालले आफ्नो देहावसानपछि शरिरलाई मेडिकल अध्ययन प्रयोजनका लागि दान दिने घोषणा गरेका थिए ।

    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - ०६:२०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij