Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

असनमा सेतो मच्छिन्द्रनाथको पूजा आराधना गर्ने भक्तजनको संख्या वृद्धि

असनमा सेतो मच्छिन्द्रनाथको पूजा आराधना गर्ने भक्तजनको संख्या वृद्धि


  • 1.4K
    Shares

    • images
    असनमा सेतो मच्छिन्द्रनाथको पूजा आराधना गर्ने भक्तजनको संख्या वृद्धि

    काठमाडौं । असनमा बिहानैदेखि सेतो मच्छिन्द्रनाथको पूजा आराधना गर्नेहरुको संख्या उल्लेख्य वृद्धि रहेको छ । चैत्र शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथको रथ तानेर असन ल्याइएको छ । 

    काठमाडौं उपत्यकाका बासिन्दालाई दर्शन गराउन रथलाई नगर परिक्रमा परिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन  रहेको छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ । 

    सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्या अवलोकितेश्वरको मूर्तिको रथयात्रा गरी मनाइने जात्रा छ । शनिवारदेखि शुरु भएको मच्छिन्द्रनाथको रथयात्रा मच्छिन्द्रबहालबाट तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइएको हो । 

     

    प्रकाशित मिति :चैत्र २४ २०८१ आइतवार - १०:१३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij