Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मोदीले भने: ओलीसँगको भेट फलदायी भयो

मोदीले भने: ओलीसँगको भेट फलदायी भयो


  • 1.8K
    Shares

    • images
    मोदीले भने: ओलीसँगको भेट फलदायी भयो

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रहेको बताएका छन् । बिमस्टेक सम्मेलनका क्रममा बैंककमा शुक्रबार ओलीसँग भेटवार्ता गरेका मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी गराएका हुन् ।

    उनले भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको पनि उल्लेख गरेका छन् । नेपाली भाषामै मोदीले लेखेका छन्, ‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल ग¥यौँ ।’

    उनले विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुराकानी भएको उल्लेख गरेका छन् ।

    modi_Tl45Jb47ST.jpg

     

    प्रकाशित मिति :चैत्र २२ २०८१ शुक्रवार - १५:५१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij