Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

कोरोना संक्रमण फैलिदै गएपछि भारतमा कक्षा १० को परीक्षा रद्द

कोरोना संक्रमण फैलिदै गएपछि भारतमा कक्षा १० को परीक्षा रद्द


  • 8.1K
    Shares

    कोरोना  संक्रमण फैलिदै गएपछि भारतमा कक्षा १० को परीक्षा रद्द

    कोरोनाको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि भारतमा कक्षा १० को वार्षिक परीक्षा रद्द गरिएको छ ।

    काउन्सिल फर इन्डियन स्कूल सर्टिफिकेट एग्जामिनेशन (सिआइसिएसई) ले १० कक्षाको राष्ट्रिय तहमा हुने परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

    बोर्डले जारी गरेको वक्तव्यमा कोरोना भाइरस महामारीको बिग्रँदो अवस्थालाई मध्यनजर गरेर आइसिएसई अर्थात कक्षा १० को परीक्षा रद्द गर्ने निर्णय लिइएको उल्लेख छ । विद्यार्थी तथा शिक्षकको सुरक्षा आफूहरुका लागि पहिलो प्राथमिकता रहेको बोर्डले जारी गरेको वक्तव्यमा छ ।

    बोर्डले विद्यालयहरुलाई कक्षा ११ मा भर्नाको प्रक्रिया थाल्न भनेको छ । कक्षा १० को नतिजाका लागि ‘सही र निष्पक्ष’ तरिका बनाउने र निश्चित गरिएको मितिमा नतिजा सार्वजनिक गरिने पनि बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा भने तोकिएकै मितिमा हुने जनाइएको छ ।

    प्रकाशित मिति :बैशाख ७ २०७८ मंगलवार - १३:०७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij