Logo

२०८२ पौष ३ गते बिहिवार

२०८२ पौष ३ गते बिहिवार

कोरोना संक्रमण फैलिदै गएपछि भारतमा कक्षा १० को परीक्षा रद्द

कोरोना संक्रमण फैलिदै गएपछि भारतमा कक्षा १० को परीक्षा रद्द


  • 8.0K
    Shares

    कोरोना  संक्रमण फैलिदै गएपछि भारतमा कक्षा १० को परीक्षा रद्द
    images

    कोरोनाको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि भारतमा कक्षा १० को वार्षिक परीक्षा रद्द गरिएको छ ।

    काउन्सिल फर इन्डियन स्कूल सर्टिफिकेट एग्जामिनेशन (सिआइसिएसई) ले १० कक्षाको राष्ट्रिय तहमा हुने परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

    बोर्डले जारी गरेको वक्तव्यमा कोरोना भाइरस महामारीको बिग्रँदो अवस्थालाई मध्यनजर गरेर आइसिएसई अर्थात कक्षा १० को परीक्षा रद्द गर्ने निर्णय लिइएको उल्लेख छ । विद्यार्थी तथा शिक्षकको सुरक्षा आफूहरुका लागि पहिलो प्राथमिकता रहेको बोर्डले जारी गरेको वक्तव्यमा छ ।

    बोर्डले विद्यालयहरुलाई कक्षा ११ मा भर्नाको प्रक्रिया थाल्न भनेको छ । कक्षा १० को नतिजाका लागि ‘सही र निष्पक्ष’ तरिका बनाउने र निश्चित गरिएको मितिमा नतिजा सार्वजनिक गरिने पनि बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा भने तोकिएकै मितिमा हुने जनाइएको छ ।

    प्रकाशित मिति :बैशाख ७ २०७८ मंगलवार - १३:०७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij