२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आर्थिक सहयोगको लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सुरु भएको छ ।
शिखर सम्मेलनमा बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट को अपरेसनमा हस्ताक्षरपछि सदस्य मुलुकहरु थाइल्याण्ड, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री, नेताहरुले सम्बोधन गर्ने छन् भने थाइल्याण्डको प्रधानमन्त्री पे थोङ् थान् शिनावातले सदस्य मुलुकको प्रतिनिधिमण्डलको नेताहरुलाई स्वागत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकको सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको हो।
साड्ग्रिलामा सदस्य मुलुकको सरकार प्रमुखहरुको सामुहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij