Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौं केन्द्रित सडक आन्दोलनमा उत्रिए शिक्षक

काठमाडौं केन्द्रित सडक आन्दोलनमा उत्रिए शिक्षक


  • 1.7K
    Shares

    • images
    काठमाडौं केन्द्रित सडक आन्दोलनमा उत्रिए शिक्षक

    काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले बुधबार माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन र्‍यालीसहित विरोध प्रदर्शन गरेको छ ।

    विगतका सबै सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न दबाब स्वरूप प्रदर्शन गरिएको हो। 

    सयौँको संख्यामा रहेका शिक्षकहरूले आफ्नो माग पुरा गर्न सरकारले ढिलाइ गरेको भन्दै नाराबाजी गरेका छन् । वार्षिक परीक्षा सकाएर विगतमा भएका सम्झौता पालना गराउन माग गर्दै देशभरका शिक्षकहरूले अर्को चरणको आन्दोलन अन्तर्गत काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।

    आन्दोलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र  जारी गर्न मागसहित आन्दोलन थालिएको बताएका थिए।

    अब हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए। 

    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - १४:४४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij