Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अपडेट

गृहमा हाजिर भएको १२२ दिनमा उपसचिव ठकुराठीले पाए जिम्मेवारी

गृहमा हाजिर भएको १२२ दिनमा उपसचिव ठकुराठीले पाए जिम्मेवारी


  • 1.3K
    Shares

    • images
    गृहमा हाजिर भएको १२२ दिनमा उपसचिव ठकुराठीले पाए जिम्मेवारी

    काठमाडौं । उपसचिव कैलाश ठकुराठीले गृह मन्त्रालयमा हाजिर भएको १२२ दिनमा बल्ल जिम्मेवारी पाएका छन् । 

    गृह सचिव स्तरीय निर्णयबाट ठकुराठीलाई शुक्रबार बझाङको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको हो । 
     
     गत मंसिर ५ गते मन्त्रालयमा हाजिर भएपनि ठकुराठीलाई अहिलेसम्म अतिरिक्त समूह (जगेडा)मा राखिएको थियो । निजामती सेवा ऐन २०४९ को दफा १८ को उपदफा (ख)९१० अनुसार लामो बिदामा रहेको, निलम्बन भएको र अन्यत्र काजमा खटिएका कारण पदाधिकार रहेको पदमा कायम राख्न पर्नेमा बाहेक कुनै पनि निजामती कर्मचारीलाई पदीय जिम्मेवारी नदिई ६० दिनभन्दा बढी समय राख्न मिल्दैन । तर, ठकुराठीले त्यसको दोब्बर भन्दा दुई दिन बढी समयमा मात्रै जिम्मेवारी पाएका हुन् ।

    ठकुराठी मात्रै होइन गृह मन्त्रालयमा अझै हाजिर गरेको ६० दिनभन्दा बढी पुगेका दुई सहसचिव र ३ उपसचिव छन् । 

    सहसचिव बन्धुप्रसाद बास्तोला र प्रेमप्रसाद भट्टराई तथा  खेमराज ओझा, अमरदिप सुनुवार र सहदेव रायमाझीले मन्त्रालयमा हाजिर भएको ६० दिनभन्दा बढी पुग्दा पनि जिम्मेवारी पाएका छैनन् । 

     रातोपाटीलाई प्राप्त सूचीमा सहसचिवद्वय बास्तोला २६ पुसमा र भट्टराई २७ पुसमा मन्त्रालयमा हाजिर भएका थिए । उपसचिवत्रय ओझा कात्तिक ४ गते, सुनुवार मंसिर १७ गते र रायमाझी पुस २७ गते मन्त्रालयमा हाजिर भएका थिए । त्यसपछि उनीहरूले अझै जिम्मेवारी पाएका छैनन् । 

    मन्त्रालयमा दर्जनभन्दा बढी सहसचिवहरू जिम्मेवारीविहीन भएर बसेको लामो समय भएको छ । तर, कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीबाट बुधबारमात्रै तानिएका विश्वप्रकाश अर्याललाई एक दिनमै जिम्मेवारी दिइएको छ ।

     उनलाई सिराहाका प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालयमा तानेर त्यहाँको प्रमुख जिल्ला अधिकारीमा पठाउने निर्णय गृहमन्त्री लेखकले शुक्रबार बिहान गरेका हुन् । 

    मन्त्रालयमा लामो समयदेखि बास्तोला, भट्टराईसहित दीपकराज नेपाल, माधवप्रसाद पोखरेल, ईश्वरीप्रसाद अर्याल, सुरेन्द्र पौड्याल, बलराम रिज्याल, नारायणप्रसाद रिसालसहितका सहसचिवहरू जगेडामा छन् ।

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - १२:२४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij