Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

खल्तीमा बोकेको मोबाइल पड्किँदा फुट्यो युवकको अण्डकोष

खल्तीमा बोकेको मोबाइल पड्किँदा फुट्यो युवकको अण्डकोष


  • 1.9K
    Shares

    • images
    खल्तीमा बोकेको मोबाइल पड्किँदा फुट्यो युवकको अण्डकोष

    काठमाडौँ। प्रविधिको प्रयोग बढेसँगै आजभोलि प्राय मानिसहरू मोबाइल आफ्नो खल्तीमै हालेर हिड्ने गर्छन्। तर, भारतको मध्‍यप्रदेशको राजगढ जिल्लामा खल्तीमा राखेको मोबाइल पड्किदा एक युवकको अण्डकोष नै फुटेको छ ।

    राजगढको सारङ्गपुर बस्‍ने १९ वर्षीय अरविन्द कुमारको खल्तीमा राखेको मोबाइल पड्किदा उनको अण्डकोष नै फुटेको आजतकले उल्लेख गरेको छ । ती युवक पेशाले पानीपुरी बेचेर गुजारा गर्दै आएका छन् ।

    मंगलबार तरकारी बजारबाट साग किनेर उनी आफ्नो गाउँ नैनवाडा फर्किँदै थिए । तर बाटोमा उनले पाइन्टको खल्तीमा राखेको मोबाइल अचानक पड्कियो। मोबाइल पड्किदा उनी सवार बाइकको सन्तुलन बिग्रियो र उनी बाइडकबाट लडेर घाइते भए। यो घटनामा उनको टाउँकोमा चोट लाग्यो । यतिमात्रै होइन मुख्‍य कुार त खल्तीमा राखेको मोबाइल पड्किदा उनको गोप्‍य अंग अण्डकोष नै फुट्‍यो ।

    घाइते भएका उनलाई त्यहाँबाट तत्काल एम्बुलेन्स बोलाएर अस्पतालमा लगियो। त्यहाँ उनको प्राथमिक उपचारपछि शाजापुर अस्पताल रेफर गरिएको छ । अरविन्दको भाइका अनुसार उसले हालसालै एउटा कम्पनीको पुरानो मोबाइल किनेका थिए । त्यसपछि उसले रातभरी मोबाइल चार्जमा राखेका थिए। पछि सोही मोबाइल लिएर उनी तरकारी बजार सब्जी किन्‍न गएका थिए ।

    यता, अरविन्दको उपचारमा संलग्न चिकित्सक डा. नयन नागरका अनुसार अण्डकोष फुटे पनि कुनै गम्भीर खतरा देखिएको छैन । प्राथमिक उपचारपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको डा. नागरको भनाइ छ ।

    विशेषज्ञका अनुसार मोबाइल जति जति पुरानो हुन्छ, त्यति त्यसको ब्याट्रीको क्षमता पनि घट्छ । यस्तो अवस्थामा कतिपयले ब्याटी फेर्दा सस्तो खोज्ने र नक्कली कम्पनीको उत्पादन प्रयोग गर्ने गर्दछन्, जसले गर्दा यस प्रकारको दुर्घटना निम्तिन सक्छ ।

    प्रकाशित मिति :चैत्र ७ २०८१ बिहिवार - १८:०८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij