Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सिराहामा गुडिरहेको स्कोरपिओमा आगलागी

सिराहामा गुडिरहेको स्कोरपिओमा आगलागी


  • 1.7K
    Shares

    • images
    सिराहामा गुडिरहेको स्कोरपिओमा आगलागी

    काठमाडौं । सिराहाको मिर्चैया गुडिरहेको स्कोरपिओमा आगलागी भएको छ। पूर्वसिश्चम  महेन्द्र राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका ५ संस्था चौकमा गुडिरहेको बा।१३ च १३२९ नम्वरको स्कारपिओमा बिहीबार एक्कासि आगलागी भएको हो। 

    पूर्वबाट पश्चिमतर्फ गइरहेको सो गाडीका अघिल्लो भागमा आगो लागेको इलाका प्रहरी कार्यालयले मिर्चैयाले जानकारी दिए। 

    चालकले ब्याट्री सर्ट भएर आगो लागेको भने पनि आगो लाग्नुको कारण अझै खुली नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए।  उनले भने, ‘ड्राइभरले ब्याट्री सर्ट भएर आगो लागेको हुनसक्ने बताए पनि आगलागीबारे यकिन हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

    आगो स्थानीय र मिर्चैया नगरपालिकाको दमकलले तत्काल नियन्त्रणमा लिएको छ। आगलागीबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ।

     

    प्रकाशित मिति :चैत्र ७ २०८१ बिहिवार - १७:५७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij