२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । माल्दोभाको उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यपारिक सम्बन्ध विस्तारको क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको सचिवालयले जनाएको छ । भेटको अवसरमा प्रधानमन्त्रीको मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल र परराष्ट्र मन्त्रालयको सहसचिव गणेशप्रसाद ढकाल लगायतको सहभागीता रहेको थियो ।
प्रधानमन्त्री ओलीले हिमालदेखि समुुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर जलवायु परिवर्तनको मुद्धामा नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद कार्यक्रम गर्न लागेको र त्यसमा सहभागिताको लागि आग्रह समेत गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij